परिचय

सन् २००४ मा हिन्द महासागरमा गएको भूकम्प र सुनामी तथा भर्खरै २०१५ मा नेपालमा गएको भूकम्प जस्ता प्राकृतिक विपद्हरूको संख्या एशिया तथा प्रशान्त क्षेत्रमा भयावह रुपमा बढ्दै गएसगैं यस्ता प्राकृतिक प्रकोपहरूबाट हुनसक्ने जोखिमको न्यूनीकरणका लागि प्रभावकारी रुपमा जागरुकता बढाउन आवश्यकता छ। “तनाह: सुनामी तथा भूकम्प योद्धा” जस्तो खेलले विपद् जोखिम न्यूनीकरण विषयको सिकाइलाई मनोरञ्जनात्मक बनाउँदछ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोग तथा रेड क्रस/रेड क्रेसेन्ट विश्वव्यापी विपद् तत्परता केन्द्र (जिडिपिसी), यूनेस्को बैङ्कक, यूनेस्को काठमाडौं र खेल-निर्माणकर्ता ओपनड्रिमको सहकार्यमा यो गेमको विकास भएको छ।

यूनेस्को बैङ्कक र ओपन ड्रिम्सद्वारा तयार गरिएको “साइ फा: फ्लड फाइटर” पहिलो मोबाइल एप्लिकेशन हो जसले खेलाडीलाई बाढीबाट आफू र आफ्ना नजिकका मानिसहरुलाई कसरी बचाउने भन्ने कुरा सिकाउँछ । यो एप्लिकेशन १४० देशमा थाई, अंग्रेजी, फ्रेन्च र बहासा इन्डोनेसिया गरी ४ भाषाहरुमा जम्मा एक लाख प्रयोगकर्ताहरुले डाउनलोड गरिसकेका छन्।

साइ फा खेलको सफलतापछि प्रयोगकर्ताहरुलाई भूकम्प र सुनामीका सबै अवस्थाका विपद्हरुबाट बच्न सक्ने पाठहरु – तयारी, प्रतिकार्य र उद्धारकार्यलाई २० भन्दा बढी रोमाञ्चकारी र चुनौतिपूर्ण चरणहरुका माध्यमबाट आफूहरु कसरी बच्ने भन्ने कुरा सिकाउन “तनाह: सुनामी तथा भूकम्प योद्धा" मोबाइल गेमको निर्माण गरिएको हो । पछि अन्य भाषाहरुमा पनि राख्न सकिने गरी जिडिपिसी, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग तथा अन्य साझेदारहरुको सहयोगमा निर्मित यो गेम हाल अंग्रेजी, बहासा र नेपाली भाषामा उपलब्ध छ ।

सहकार्य